२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । एनसेलले  आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर  तिरेको हो  ।

नेपाल सरकारलाई लाभांसा  तिर्न पर्ने कर नतिरेको भन्दै पछिल्लो समय एनसेलको तिब्र  आलोचना  भैरहेको थियो भने देसका अधिकांस ठाउहरुमा आगजानी समेत भैरहेको थियो |

मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिएका छन्  । कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन सकिए लगत्तै तिर्न आग्रह गरिएको समेत कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु