२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३५ पुगेको छ । सोमबार ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३५ पुगेको हो । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।

उनीहरुको सोमबार कोरोनाका कारण मृत्युको पुष्टि भएको जनाइएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै,आजै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् । पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको  छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।