२०८१ फाल्गुन १४, बुधबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।

त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी गराए ।

उनका अनुसार मृतक युवती चन्द्रागिरि नगरपालिका–१५ बाट आएकी थिइन् । उनमा ज्वरो र निमोनिया देखिएको थियो भने अर्का युवक कालीमाटी क्षेत्रबाट आएका थिए । उनी केहीदिन अघि मात्रै भारतबाट आएको बताइएको छ ।

सेन्चुरीका अनुसार उनी भारतबाट आएको १४ दिन पनि पूरा नभएको खबर बाह्रखरिले लेखेको छ ।

फेसबुक प्रतिक्रियाहरु