२०८२ फाल्गुन २८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौँ — कोरोना भाइरसको संक्रमन नियन्त्रन गर्न  सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ । आइतबार बसेको कोभिड–१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी २०७७ वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा लगाउको प्रतिबन्ध बढाउने निर्णय गरेको हो ।

यसअघि समितिले चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो।सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित संक्रमण रोकथामका लागि चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु