२०८१ पुस २६, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

बुटवल: दुबईबाट नेपाल आइ अस्थायी कोरोना आइसोलेसनमा रहेको एक  युवाको आइतबार बुटवलमा  मृत्यु भएको छ। सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको हो ।

चैत ६ गते दुबईबाट फर्किएका थापालाई दुबईबाट आउदा देखिनै  ज्वारो  आएको र  घरमै बसेर औषधि खाएको खुलेको छ |

घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल भर्ना भएको थियो | थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

उनको स्वाब निकालेर काठमाडौं पठाइएको भए पनि रिपोर्ट आइनसकेकोले मृत्युको कारण कोरोना भाइरस वा अरु कुनै खुल्न सकेको छैन।

फेसबुक प्रतिक्रियाहरु