२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

अर्जुन जम्नेली राई

मोरङ । उपचार गरेको पैसा बुझाउन ढिला भएकै कारण विराटनगर अस्पतालले अपमानित ढंगले फालेकाे दीपक पयाङगु लिम्बूको शव चौतर्फी दबाबपछि आफै भित्र हुलेको छ ।

मोरङकाे पथरीशनिश्चरे नगरपालिका-१० का २७ वर्षीय दीपकलाई छिमेकी तीन जनाले पिटेर घाइते बनाएका थिए । मोरङको विराटनगर अस्पतालमा उपचार गराउँदा-गराउँदै हिजो चैत १३ गते बिहान ६ बजे उनकाे मृत्यु भएको थियो ।

उपचारमा लागेकाे खर्च समयमा पुर्‍याउन नसक्दा अस्पतालले दीपक लिम्बूको शव गेटको दाहिने भागमा रहेको फोहोरमैला राख्ने ठाउँमा फालेर अमानवीय व्यवहार प्रस्तुत गरेकाे थियाे ।

सो विषयमा हिजो रिपब्लिक दैनिक मा समाचार प्रकाशन भएको थियो । पीडित परिवारलाई अपमानित हुनेगरी अस्पतालले गरेको व्यवहारबारे समाचार प्रकाशनपछि चौतर्फी विरोध हुनुको साथै नागरिक तहबाटै दवाब आउन थालेपछि अपरान्ह करिब साढे ४ बजे अस्पतालले शव भित्र हुलेको पीडित मनु लिम्बूले बताइन् ।

रिपब्लिक दैनिक समाचार प्रभाव

कुटपिटबाट मृत्यु भएको दीपक लिम्बूको शव बुझ्न पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट बास्तोला, संविधानसभा सदस्य चण्डीप्रसाद राई, १० नम्बर वडाअध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी आचार्य, मृतकका बडाबाउ शिव लिम्बू, पीडितलाई सहयोग गर्दै आएका केशव, सुमन कुरुङ्बाङ, जीवन खतिवडा, गणेश लिम्बू, रविन राई, हर्क लिम्बूलगायत अपरान्ह ५ः४० बजे विराटनगर अस्पताल पुग्दा दीपकको शव भित्र हुलिएकाे थियाे ।

लिम्बूको कुटपिटपछि मृत्यु र उपचार खर्च समयमा बुझाउनु नसक्दा मृतकको बहिनी मनु लिम्बू र उनका पति गंगाबहादुर लिम्बूले अस्पतालबाट भोग्नु परेको अपमानजनक पीडाबारे रिपब्ललिक दैनिकले समाचार प्रकाशन गरेकाे थियाे ।

पैसाकै कारण अस्पतालले दीपकको शव कब्जा गरेपछि उक्त रकम तिर्न सहयोग संकलन हुन थालेको थियो ।

स्थानीय प्रेम ढकाल, टंक भण्डारी लगायतको टोलीले दीपकलाई पिट्ने दोर्जे तामाङ, सन्जय लिम्बू र मुस्कान राईको परिवारबाट केही रकम दिलाएका थिए । पयाङ्गु लिम्बू दाजुभाई परिवार र संकलित रकम विराटनगर अस्पताल, फार्मेसी र ल्याबमा बुझाएर शव पोष्टमार्टमको लागि आजै कोशीअञ्चल अस्पताल पुर्‍याइएको छ ।

दीपकको शव पोष्टमार्टमपछि पथरीशनिश्चरे ल्याएर भोलि (चैत १५) गते लिम्बू परम्परा अनुसार दाहसंस्कार गरिने मृतकको बडाबाउ शिव लिम्बूले बताए । दीपकलाई कुटपिट गर्ने दोर्जे र सन्जय लिम्बूलाई इलाका प्रहरी कार्यालय पथरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।