२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले कोरोना भाइरस रोगको संत्रासले उत्पन्न गरेको विषय परिस्थितिमा आफ्नो दुईवटा घरको भाडा नलिने घोषणा गरेकी छिन् ।

उनले मोरङ जिल्लाको उर्लाबारी र झापाको दमकको गरी दुईवटा घरको भाडा नलिने घोषणा गरेकी हुन् । सांसद लिम्बूको घरको सटर व्यवसायी र कोठा बसोबास गर्ने व्यक्तिलाई भाडामा दिइएको छ ।

उनीहरु सबैलाई एक महिनाको भाडा छुट गरेको सांसद लिम्बूले बताइन् । उनले अरु घरधनीलाई पनि विपत्तिको अवस्थामा उदारता देखाउन आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु