२०८१ फाल्गुन १४, बुधबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

११ चैत, चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अनलाइनखबरले लेखेको छ ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु