२०८१ पुस २६, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : कोरोना भाइरसको संक्रमण बिस्वब्यापी भैरहेको बेला यसबाट नेपाल पनि अछुतो रहन सकेन | अन्तत फ्रान्सबाट नेपाल आएकी एक युबतिमा  नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन आयोजना  गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिनु भएको हो । नेपालमा अहिले सम्म कोभिड–१९ को बिमारी फेला परेको थिएन ।

फ्रान्सबाट नेपाल आएपछि उनि आफै होम क्वारेन्टाइनमा बसेको थिए |  रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिएका छन् । अहिले ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ।

हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्। उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुघाखोकी लागि परीक्षण गर्दा कोभिड–१९ भाइरस भोजिटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु