२०८१ पुस २६, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

अष्ट्रेलिया: कोरोना भाइरसको अबस्था तिब्र गतिमा अगाडी बढिरहेकाले अष्ट्रेलियाले अनाबास्यक सेवाहरु बन्द गरेको छ ।

पब, क्लब, जिम, सिनेमाघर र पूजा स्थलहरू सोमबार दिउँसो देखि बन्द हुनेछन्, रेस्टुरेन्ट र क्याफेहरूबाट  टेकवेमा मात्र लान सकिने छ ।

प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रिय क्याबिनेट बैठक पछि प्रतिबन्धको घोषणा गरेको हो । 

न्यू साउथ वेल्स  सिड्नीको  सबैभन्दा धेरै  प्रभावित ठाउ हो  जहा ५३५३३ जना मानिसहरुमा कोरोना भाइरसको संक्रामन रहेको  पुष्टि भएको छ । मेलबोर्नको राजधानी भिक्टोरियामा २९६ जना भने  क्वीन्सल्याण्डमा २२५ जनामा कोरोना भाइरसबाट प्रभावित रहेको  पुष्टि भएको छ ।

नयाँ प्रतिबन्धले धेरै व्यवसायहरू बन्द हुने देखिएको छ तर  सुपरमार्केट, पेट्रोल स्टेशनहरू, फार्मेसीहरू र घर डेलिभरी सेवाहरू भने चलिरहनेछ।

 

फेसबुक प्रतिक्रियाहरु