२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समिति, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट इकाइ कमिटी तथा व्यवसायीले सर्वसाधारणलाई ५ हजार माक्स र सेनिटाइजर निःशुल्क वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा नोवेल कोरोना भाइरस (कोभिड १९) फैलिरहेको र बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेको बेला अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समिति, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट इकाइ कमिटी साथै अरनिको यातायात प्रा.लि.द्वारा काठमाडौंको पुरानो बसपार्कमा यातायात मजदुर, यात्रु, पसल व्यवसायी र सर्वसाधारणलाई निःशुल्क माक्स र सेनिटाइजर वितरण गरिएको हो ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि जुनसुकै बेला भित्रने र महामारीको रुपमा फैलने सन्त्रासले नेपाल सरकारले आम नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीका अनुसार सरकारले चैत्र १० गतेदेखि सेमी लक डाउनको घोषणा गरिसकेको अवस्थामा कोरोना भाइरसको उच्च जोखिम रहेको सार्वजनिक सवारी साधनमा कार्यरत यातायात मजदुर, यातायात व्यवसायी, आम उपभोक्ता सर्वसाधारणलाई सचेतना फैलाउँदै संगठनले निःशुल्क मास्क र सेनिटाइजर वितरण गरेर उदाहरणीय कार्य गरेको बताए ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष दिपक के.सी.को अगुवाइमा भएको मास्क र सेनिटाइजर वितरण कार्यक्रममा पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष चित्र कुँवर लगायत पदाधिकारीको उपस्थित रहेको थियो ।

त्यस्तै सो कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ अरनिको विषेश जिल्लाका अध्यक्ष श्रीकृष्ण खत्री र नेपाल यातायात स्वतन्त मजदुर संगठन अरनिको रुट इकाइ कमिटीका अध्यक्ष राम ढुंगानाको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष दिपक के.सी.ले कोरोना भाइरस संक्रमण हुन्छ कि भनेर आत्तिनु भन्दा सावधानी अपनाउनु उचित हुने भन्दै यसको सबै मिलेर सामना गर्नुपर्ने बताए । उनले हाम्रो बानी व्यवहारलाई परिवर्तन गरी सचेतनामुलक कार्यक्रममार्फत् आफू बाँच्ने र अरुलाई पनि बचाउनेतिर सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।

पुरानो बसपार्कबाट सुरुभएको यो अभियान भोलि कोटेश्वरबाट गरिने पनि उपाध्यक्ष दिपक के. सी.ले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।