काठमाडौं । खुला सिमाना रहेको छिमेकी देश भारत पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
भारतमा एकै दिनमा ४० जनामा संक्रमण देखिएको छ । एकै दिनमा एतिको संख्यामा कोरोना भाइरसको संक्रमण देखिएपछी नेपालसंग खुल्ला सिमाना रहेको छिमेकि देश नेपालमा तरंग पैदा भएको छ ।
यो संगै भारतमा कोरोना भाइरसको संक्रमणमा पर्ने बिरामीहरुको संख्या २५० पुगेको छ । पछिल्लो अपडेट अनुसार भारतका २२ राज्यमा कोरोना भाइरसको संक्रमन फैलिएको छ ।
सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा रहेको छन् । भाइरस फैलिए संगै महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।
संक्रमण फैलिँदै गए पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । घरबाट बाहिर कोही पनि ननिस्किएर ‘जनता कर्फ्यू’लाई सफल बनाउन उनले आह्वान गरेका छन् ।
२२ घण्टासम्म यात्रुवाहक रेल सन्चालनन हुने जनाएको छ । एयरलाइन्स कम्पनीहरुले पनि ४० प्रतिशत उडान बन्द गर्ने निर्णय गरेको समाचार स्रोतले जनाएको छ।