२०८१ पुस २६, शुक्रबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं:  कोरोना भाइरसको संक्रमणबाट  एकै दिनमा ४७५ जनाको ज्यान गएसंगै इटालीले नया रेकर्ड कायम गरेको  छ ।  यो कोरोना भाइरस फैलिएपछि अहिलेसम्मकै उच्च मृत्यु दर हो ।

विश्व स्वास्थ्य संगठनले गत हप्ता युरोपलाई कोरोनाभाइरस महामारीको नयाँ केन्द्रबिन्दु भनेको छ ।  इटाली चीनबाहिर सबैभन्दा बढी प्रभावित देश हो। मार्च ९  देखि इटाली देशव्यापी तालाबन्दीको क्रममा रहेको छ भाइरसको फैलावटलाई रोकथाम गर्न सार्वजनिक जीवनका अधिकांश पक्षहरूलाई सट डाउन गरेको  छ।

इटाली लकडाउनको दोस्रो साताथप  नयाँ उपायहरू जारि गरेको छ,   इटालियनहरूले बाहिर जानु अघि पुलिसले जारी गरेको अनिबार्य स्व-घोषणा फारम भर्नु पर्ने नियम लागु गरेको छ । यात्रा गर्दा त्यहाँका बासिन्दाहरूले आफू कहाँ छन्, कहाँ जान्छन् र के कारणको लागि सबै बताउनुपर्दछ।

बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

सम्बन्धित समाचार

फेसबुक प्रतिक्रियाहरु