मानमा: चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले संसार भर तिब्र गतिमा फैलिरहेको छ ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसले हाल युरोपलाई इपिसेन्टर बनाएको छ ।
बिस्वभर कोरोना भाइरस सरुवा रोगको चाप बढ्दै जाँदा स्पेन दक्षिण कोरियालाई पछाडि पार्दै विश्वको चौथो सबैभन्दा कोरोनाभाइरस संक्रमित राष्ट्र बन्न पुगे छ । भने इटाली दोस्रो स्थानमा उक्लेको छ ।
यो संगै नेपालीहरु अत्याधिक मात्रामा रहेको मध्य पूर्वका खाडी मुलुकहरुमा पनि कोरोना भाइरस संक्रमितको संख्या उल्लेखिय रुपमा देखिएको छ । सबैभन्दा बढी ईरानमा यसको प्रभाब देखिएको छ भने इरान अहिले बिस्वको तेस्रो कोरोना संक्रमित देसको सुचिमा परेको छ ।
कतार, दुबई, बहराइन लगाएतका खाडी मुलुकमा पनि कोरोना संक्रामित देखिएपछी उच्च सतर्कता अपनाइएको छ । बहराइनमा अहिले तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ । । तर स्वास्थ्य परीक्ष गर्दा उहाहरुलाई संक्रमण नदखिएको तेहा स्थित नेपालि दुताबासले जनाएको छ ।
सल्मावादस्थित श्रमिक क्याम्पमा बस्दै आएका एक कामदारमा कोरोनाको संक्रमण भेटिएपछि त्यहाँ कार्यरत नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।