२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि
Featured Video Play Icon

काठमाडौँ — अमेरिकन आइडलमा निर्णायकको मन जित्न सफल नेपाली गायक दिवेश पोख्रेलले ‘हलिउड वीक’ राउन्डमा पनि निर्णायकबाट प्रशंसा बटुलेका छन् । यो राउन्डमा प्रतिस्पर्धीले विभिन्न विधाका गीत गाएर आफूलाई अब्बल सावित गर्ने प्रयास गर्दछन ।

स्टेज नाम ‘अर्थर गन’ले चिनिने दिवेशले ब्ल्याक क्रोजको ‘हार्ड टू ह्याण्डल’ बोलको गीतबाट निर्णायकको मन जिते । उनको प्रस्तुतिमा निर्णायक लायोनल रिची, केटी पेरीर लुक ब्रायनले उठेर उनीसँगै नाचे । ब्रायनले त दिवेशलाई गायनमा समेत साथ दिए । निर्णायकदेखि दर्शकसँग आफ्नो प्रस्तुतिमा झुमेको देखेर दिवेश पनि खुशी भए । उनलाई साथ दिन बहिनी रुपा कार्यक्रममा उपस्थित थिइन् ।

निर्णायक रिचीले त दिवेशले आफूलाई ‘बब मार्ली’को सम्झना गराएको केटीलाई बताए । उनले  भने, ‘थाहा छ दिवेशले मलाई बब मार्लीको सम्झना गराउँछ । उसको स्टेजको उर्जा, ओ माइ गड ।’

कार्यक्रममा दिवेशको प्रवेश नमस्तेसँगै सुरु भएको थियो । यसअघि अडिसनमा नमस्ते गर्दै प्रवेश गरेका दिवेशले नेपाली सँस्कृति नभुलेको भन्दै धेरैले प्रशंसा गरेका थिए । अडिसनमा दिवेशलाई लुकले त आइडलकै स्टार भनेर प्रशंसा गरेका थिए ।

विश्व चर्चित रियालिटी सोमा अथरले देशलाई चिनाएको भन्दै धेरैले उनलाई बधाई दिन थालेका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।