२०८१ माघ १३, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

बिस्वभर कोरोना भाइरस सरुवा रोगको चाप बढ्दै जाँदा स्पेन  दक्षिण कोरियालाई पछाडि पार्दै  विश्वको चौथो सबैभन्दा कोरोनाभाइरस संक्रमित राष्ट्र बन्न पुगे छ ।

स्पेनमा हालसम्म कम्तिमा ७७५३ कोरोना भाइरस संक्रमित भएको  घटना रेकर्ड गरिएको छ | जुन अघिल्लो दिन रेकर्ड गरेको भन्दा  ३४.७% प्रतिशतले  वृद्धि हो भने  २९६५ को केसमा १६१  प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

चीनको बुहान प्रान्तबाट उत्पति भएको  कोरोना  भाइरस हाल  प्राय जसो देशहरूमा तिब्र रुपमा फैलिरहेको । सोमबार २ सेकेन्डमा ७४७७ कोरोना भाइरस संक्रमित नया  केस रेकर्ड गर्दै इटाली दोस्रो स्थानमा उक्लेको छ । त्यो संख्या आइतवार २११७७  घटनाहरूबाट १६.९  प्रतिशत उचाई हो ।

यसैगरी ईरान यस  केसमा तेस्रो स्थानमा आएको छ। आइतबारको  १२७ केस  बाट ९.८  प्रतिशतले प्रतिशतले वृद्धि भएको छ।

स्पेनमा  रेकर्ड गरिएको मृत्युको संख्यामा पनि  चौथो स्थानमा आएको छ | स्पेनमा हालसम्म  कम्तिमा  २८८ ले कोरोना भाइरसबाट ज्यान गुमाएको छ भने  चीनमा कम्तिमा ३२१८, इटालीमा १८०९  मानिस यस भाइरसबाट मरेका छन्।

एक व्यक्ति पुरानो शहरको पम्प्लोना, आइतबार, मार्च १,, २०२० को पुरानो सहरको खाली प्लाजा डेल कास्टिलो स्क्वायरमा हिंड्दै छ। स्पेनका प्रधानमन्त्रीले नयाँ कोरोनाभाइरस प्रकोप रोक्न शनिबारदेखि दुई हप्ताको आपतकालिन घोषणा गरे। । (एपी फोटो / अल्भारो ब्यारिअन्टोस)
कोरोना भाइरसका कारण उत्तरी स्पेनको पाम्प्लोनाको पुरानो शहरमा देखिएको खाली प्लाजामा डेल कास्टिल्लो वर्गको बीचबाट पैदल यात्रा गरिरहेका एक्लो व्यक्ति। (एपी फोटो

स्पेनले पहिले नै आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ  र सबै सरकारी तथा निजि कार्यालयहरु  बन्द गर्ने निर्णय  गरेको छ |  खाद्यान्न वा औषधि किन्न, अस्पतालमा जान वा कुनै बिशेष काम रिपोर्ट गर्न नपरिएसम्म मानिसहरूलाई घरभित्रै बस्न आदेश दिएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म कम्तिमा ६४७०ले ज्यान गुमाई सकेका छन भने १६४४७० जना संक्रमित भएको रेकर्ड गरिएको छ । एजेन्सीको सहयोगमा

 

फेसबुक प्रतिक्रियाहरु