२०८१ फाल्गुन १६, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

जनकपुर: लामो समयदेखि अलमलमा रहेको प्रदेश २ को स्थायी राजधान र नाम आज टुंगो लाग्ने भएको  छ । लामो समयको प्रयासमा पनि सहमति मार्फत नाम टुंगो लाग्न नसकेपछि आज मतदान मार्फत प्रदेश २ सरकारले  राजधानी र नामको टुंगो लगाउन लागेको  हो ।

प्रदेश दुइको  स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि करिब करिब  सहमति भइसकेको छ । तथापि  नामको विषयमा भने  सहमति हुन सकेको छैन ।

प्रदेश २ का  चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ दल समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्तारुढ समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

फेसबुक प्रतिक्रियाहरु