काठमाडौँ —चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेसँगै बजारमा माक्सको हाहाकार मचिएको छ ।
योसंगै प्रहरीले कालो बजारीमा गर्ने ब्यापारीलाई समेत पक्राउ गर्न थालेको छ । यो संगै कपनबाट १ लाख ६८ हजार थान,डल्लुबाट ७८ हजार थान,सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।
गोयलले आफ्नो गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन् ।