२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । बलात्कार आरोपमा लागेका सढारुढ दल  नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई करणीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमान्डौले साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राइलाई साढे ८ वर्ष जेल सहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने गरी फैसला सुनाएको ।

रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

उनले देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु