२०८२ फाल्गुन २८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

गोरखा :  सरकारद्धारा प्रतिबन्धित विप्लप नेतृत्व नेकपाका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

पूर्व गोरखा जिल्ला शेक्रेटरीको भूमिका समेत रहेर काम गरेका उनलाई बिहिवार एक कार्यक्रमका बिच नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका हुन्। पाण्डे गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलका हुन्।

फागुन १ गते नेकपा गोरखाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले अहिले अवस्थामा हतियार र द्वन्दको आवस्यकता नभएको निश्कर्षसहित आफूले आठ वर्ष काम गरेको पार्टी छाडेर नेकपा प्रवेश गरेको बताए।

उनले बिप्लपलाई पनि सुझाव दिँदै भने ‘संघीयताबाटै नेपाललाई अर्को ठाउँमा पु¥याउन र विकास गर्न सकिन्छ।’ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेसँगै उनले अहिल्यै ठूलो पार्टी भयौँ भनेर सुत्ने बेला नभएको बताउदै बन्दुक भन्दा खतरा सम्झौताहरु हुनबाट देशलाई जोगाउनुपर्ने बताए।

फेसबुक प्रतिक्रियाहरु