लक्ष्मण गौतम
गास , बास , कपास , शिक्षा र स्वास्थ्य मान्छे बाँच्नका लागि चाहिने आधारभुत आवस्यकताहरु हुन तर नेपाली समाजमा गास भन्दा पनि नभै नहुने अर्को आवस्यकता छ र त्यो हो राजनिती । नेपालमा स्वतन्त्र कोही पनि छैन र स्वतन्त्र भएर बाँच्न सक्ने अवस्था पनि छैन । नेपाली समाज राजनिती गस्त छ । स्कुल , कलेज , मन्दिर , कुलो , खाने पानी देखी बोको काट्ने , कपाल काट्ने , कपडा सिलाउने , डाक्टर , ईन्जीनेयर , शिक्षक , मजदुर , न्यायलय , प्रहरी प्रशासन हरेक क्षेत्रमा राजनितीले छोचेको छ । कुलोको अध्यक्ष , मन्दिरको अध्यक्ष , स्कुलको अध्यक्ष , राजदुत , प्रहरी प्रमुख देखी अख्तियार प्रमुख बन्न कुनै पार्टीको झोला बोकेर हिंड्नै पर्छ । कोटाबाट नियुत्ती पाएकाहरुले नुनको सोझो गर्नु कुनै नौलो कुरै भएन तेसैले यहाँ प्रहरी देखी अख्तियार सम्मले राजनितीक आस्थाका आधारमा मुद्दा चलाऊछ , कारवाही गर्छ र पछिल्लो समय बिजय कुमार गच्छेदारलाई मात्र मुद्दा चलाऊनु तेसै टिके नियुक्त्तीको उपज हो । मन्त्री परिषदबाट निर्णय गराउनेलाई नछुने , जग्गा किन्नेलाई नदेख्ने तर मन्त्री परिषदमा प्रस्ताव लिएर जानेलाई मात्र समाउन संबिधानको कुन धाराले भन्छ ? कानुनको कुन दफाले दिन्छ ?
Youth are always behind power अर्थात युवा जहिले पनि शक्त्तीको पछाडी लाग्छन । जहाँ शक्ती छ , जहाँ सुरक्षा छ , जहाँ संरक्षण छ र मान्छे मारेको मान्छे जुन मसिनमा पसे पछि बुद्द बनाएर निकालिन्छ युवा तेतै लाग्छ । अहिलेको अवस्थामा तपाईं जती ठुलो अपराध गर्नुहोस तर तपाईं कथित राष्ट्रबादी मसिनमा छिरे पछि तपाईंका सबै अपराध माफ हुन्छन ।
बिजय कुमार गच्छेदारलाई मुद्दा चलि रहदा नेपाली कांग्रेस र कांग्रेसका कुनै पनि भात्री संगठनले गच्छेदार माथि मुद्दा चल्नु हुँदैन भनेका छैनन , मुद्दा चलोस र भोली दोषी ठहर भए कारवाही पनि होस । नेपाली कांग्रेस भ्रष्ट्राचार मुक्त नेपाल चाहन्छ , नेपाली कांग्रेस बिकसित , शुसासित र सम्रिद्द नेपाल चाहन्छ । नेपाली कांग्रेस हरेक नेपालीको गास बास कपास स्वास्थ्य शिक्षा र रोजगारको ग्यारेन्टी होस भन्ने चाहन्छ तर ठुला माछा छाडेर सिद्रा समाउने अख्तियारको जुन बदनियत छ यसले कानुनी राज्यको बलात्कार हुन्छ र नेपाली राजनितीमा राजनितीक प्रतिसोधको नजिर स्थापित गराउछ। आज सत्तामा हुनेले प्रतिक्षलाई भित्तामा पुराउला र भोली सत्तामा पुगे पछि तेही भित्तामा पुगेकोले आफुलाई भित्तामा पुराउनेलाई फेरी भित्तामा पुराउछ र यस्तो अवस्थामा हामीले बनाएको संबिधान नियम कानुनका पानाहरु केवल बजारमा बदाम बेच्न मात्र काम लाग्छन । चोर मेरो तेरो हुँदैन , चोर केवल चोर मात्र हो , चोर जती सबैलाई समातौ र सबैलाई खोरमा हालौ देशमा कानुन छ र कानुन सबैका लागि बराबर हो भन्ने सन्देश दिउ र यही नै शुसासित समाजको बाटो हो ।
युवा शक्त्तीको पछाडी लाग्छ र आज यदी सरकार ठुला माछा जोगाएर सिद्रा समाउन सफल हुन्छ भने भोलीका दिनमा नेपाली युवा तेही अपराधीलाई बुद्द बनाउने कथित राष्ट्रबादी मसिनमा छिर्न वाध्य हुने छ तेसैले नेपाली कांग्रेस बिधीको शासन र कानुनी राज्यको प्रत्याभूती दिन सडक देखी सदन सम्म दर्हो खुट्टाका साथ उभियोस ।
जय नेपाल
लक्ष्मण गौतम
नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य