२०८२ फाल्गुन २३, शनिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौँ :  भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललिता निवासका दुई जग्गाधनीको जग्गा सरकारका नाममा खिचेको छ ।

सरकारीकरण गरिएका जग्गाहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौड्याल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नामको जग्गा सरकारका नाममा खिचेको हो ।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा यी दुईलाई मुद्दा नचलाइएको भन्दै विरोध भइरहेको छ। उनीहरुलाई अख्तियारका अधिकारीसँग जग्गा सरकारका नाममा गर्ने बताएपछि मुद्दा नचलाइएको अख्तियारले प्रेस विज्ञप्तिमा जनाएको थियो।

फेसबुक प्रतिक्रियाहरु