चीनमा फैलिएको कोरोना भाइरसबाट बच्न तिव्र रूपमा स्वस्थ्य क्षेत्रसम्बन्धी काम भइरहेको छ । भाइरसले सबैभन्दा बढी प्रभावित बनाएको सहर बुहानको प्रशासनले १० दिनमा भाइरसम्बन्धी उपचार गर्ने उच्चस्तरीय अस्पताल बनाउन आदेश दिएको छ ।
प्रशासनले उच्चस्तरीय अस्पताल बनाउन आदेश दिएसँगै काम सुरू भएको छ । यस अस्पताल निर्माणपछि भाइरसकाे उपचार हुने हुँदा फैलन कम हुने विश्वास गरिएको छ । भाइरसबाट चीनमा अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ भने ८ सय ३० जनामा संक्रमण देखिएको छ । २५ हजार वर्ग मिटरमा निर्माण हुने अस्पतालले आगामी ३ फेब्रुअरीदेखि उपचार सुरू गर्ने भएको समाचारमा जनाइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार बुहान प्रशासनले सरकारी निर्माण कम्पनीद्वारा क्याडियन जिल्लामा इमरजेन्सी अस्पतालको निर्माण काम सुरू गरेको छ । ‘चाइना कन्स्ट्रक्सन थर्ड इन्जिनियरिङ्ग’ ब्युरोका कर्मचारीले शुक्रबारदेखि अस्पताल निर्माणको काम गरेका छन् । एजेन्सी