२०८२ फाल्गुन २८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादब  र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आउन आग्रह गरेका छन् ।

बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन आग्रह गर्नु भयो ।

उनले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नु भन्दा आफूहरुसँगै मिल्न आउन आग्रह गरे । उनले भने, ‘रामचन्द्रजीले भनेको जस्तै त्यहाँ रहेका साथीहरु आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरीह भएर बस्न परेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँले भन्नुभयो । यदि उहाँले भनेको सत्य नै होला, मलाई सबै थाहा त छैन, ती साथीहरु र उपेन्द्र जी पनि अब धेरै झमेला गर्नुभन्दा यहीँ मिल्न आए बरु राम्रो हुन्छ भनेर उहाँहरुलाई पनि त्यो भन्न चाहन्छु ।’

Posted by क. प्रचण्ड / Comrade Prachanda on Wednesday, January 22, 2020

अध्यक्ष प्रचण्डले देशलाई सबै मिलेर समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग-अलग चुलो चौका लगाउन नहुने बताए ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ति समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताए । उनले अन्य पार्टीहरु नामका लागि मात्रै स्थापना भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु