२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

नेपाली कांग्रेस ओखलढंगाले संसदमा दर्ता भएको सञ्चार तथा सूचना प्रविधि विधेयक फिर्ता गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै ओखलढुंगा कांग्रेसले विधेयक फिर्ताको माग गरेको हो ।
सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकले संविधा प्रदत्त नागरिक अधिकारलाई हनन गर्न लागेको भन्दै नेपाली कांग्रेसले उक्त विधेयकको विरोध गरेको हो । सामाजिक सञ्जालमा कसैलाइ व्याङ्ग्य गरेकै आधारमा ५ देखि १५ लाख सम्म जरिवाना गर्ने,नागरिकको फोन ट्यापिङ गर्ने जस्ता प्रावधानले नागरिकको व्यक्तिगत गोनियता र संबैधानिक अधिकार हनन हुने विधेयक फिर्ता गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको जिल्ला उपसभापति तेजेन्द्र खनालले बताउनुभयो । यसले नागरिकको स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने र राज्य सञ्चालक शाशक बन्ने खतरा देखिएको खनालको भनाइ छ ।
पार्टीले बुझएको विधेयक फिर्ता सम्बन्धि ध्यानाकर्षण पत्रलाई पार्टीका भातृ तथा सुभेच्छुक संगठनले  स्वागत गरेका छन् । नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनलाई सर्वोपरि ठान्ने पार्टी भएकाले कांग्रेस आम नागरिकको पक्षमा सधै  डटेर लाग्ने भातृ संगठनका नेताहरुले बताएका छन् ।  जिल्ला उपसभापति तेजेन्द्र खनालको नेतृत्वमा भएको विरोध पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका भातृ तथा सुभेच्छुक संगठनका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कांग्रेसको विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गशेण आचार्यले नेपाली कांग्रेसले अपनाएको प्रजातान्त्रीक विधि र प्रकृयाको उच्च सम्मान गर्दै संसदमा विचाराधिन सञ्चार तथा सूचना प्रविधि विधेयक  विरुद्धको विरोध पत्र सम्बन्धित निकाय सम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।