२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौँ — सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका  छन् । पक्राउ परेका युबालाइ आज  महानगरीय प्रहरी अपराध महाशाखाले सार्बाजानिक गरेको छ ।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य पारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरुमा समेत अपलोड भएको थियो।

घटनामा संलगनलाई कारबाही गर्न माग भएपनि कोही पक्राउ परेका थिएनन् । प्रहरीका अनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको थियो ।  युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् । अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन । प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए ।

फेसबुक प्रतिक्रियाहरु