२०८१ माघ १३, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

इरानले बुधबार गरेको मिसाइल आक्रमणमा परि करिब  ८०जना  अमेरिकी सेना मारिएको  इरानी सञ्चार माध्यमहरुले दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले जनाएअनुसार इरानी अधिकारीहरुले १५ मिसाइल प्रहार गर्दा कम्तिमा १५ अमेरिकी आतंकवादी मारिएको भन्ने अभिव्यक्ति दिएका छन् ।

रिभ्युलुसनरी फोर्स उच्च स्रोतको हवला दिँदै इरानी टेलिभिजनले ८० जना अमेरिकी आतंकवादी मारिनुका साथै निशानामा परी अमेरिकी सैन्य उपकरणमा  ठूलो क्षति पुगेको जानकारी दिएको छ ।

इरानले अमेरिकाले कुनै आक्रमण गरे जवाफी कारबाहीका लागि १०० निशाना तयारीमा राखिएको भनी चेतावनी दिएको हो । बुधबार बिहान इरानले पश्चिमी इराकको इन् अल आसाद र इरविलकास्थित अमेरिकी गठबन्धन सेनाका दुई  बेस क्याम्पमा मिसाइल प्रहार गरेको थियो ।

गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकालाई आतंककारी घोषणा गर्दै  बदला लिने धम्की दिँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु