२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: तमु धिं जापानले  २५ औ ल्होसार (च्यु ल्हो )  तथा साँस्कृतिक साँझ भब्य रुपले सम्पन्न गरेको छ ।

टोकियो स्थित  युएनो पार्कको खुल्ला हलमा विविध साँस्कृतिक कार्यक्रम सहित तमु धिं जापानले  भब्य रुपमा २५ औं च्यु ल्हो (तमु ल्होसार )  मनाएको हो।

बिशेष सांस्कृतिक महत्व बोकेका तमुहरुको यो  महत्वपुर्ण ल्होसार चाडले बिभिन्न पेशा,व्यवसायमा संलग्न  रही  जापानमा बसोबास गर्दै आफ्नो कर्म थलो बनाएका तमुहरु बिच भाइचाराको सम्बन्ध कायम गर्नुका साथै  भावान्नात्मक साइनो र एकततृत गर्ने सेतुको काम समेत गरेको महसुस गर्न पाइन्थ्यो ।

अझ आफ्नो मौलिक जातीय पोसाकमा रंगिएर ल्होसार मनाउन उएनो पुगेकारंगिन त मुहरुको बाक्लो उपस्थितिले कता कता  नेपालमै ल्होसार मनाएको   झल्को दिन्थ्यो ।

संस्थाका महासचिब चित्र गुरुङ्द्वारा संचालित गरिएको् औपचारिक कार्यक्रम पश्चात सास्कृतिक कार्यक्रम उपाध्यक्ष युक्तामान गुरुङ र ओम प्रकाश गुरुङ्ले सयुक्त रुपमा गर्नु भएको थियो।

जापानका लागि नेपालि एम्बासीका  प्रतिनिधिहरु,  एन आर एन ए जापानका अध्यक्ष,  टोकियो स्थित अस्थित्वमा रहेका बिभिन्न सामाजिक  संघ संस्थाका  प्रतिनिधिहरु, जातीय तथा बैचारिक संस्थाका प्रतिनिधिहरु, ब्यबसाही, समाजसेवी, कलाकारहरु, पत्रकारहरु लागाएत विभिन्न ठाउबाट  तमु तथा गैर तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत भाषण अम्मर गुरुङ, अध्यक्ष अनिता गुरुङ, ओम गुरुङ, लगाएत जापानका लागि नेपालि एम्बासीका  प्रतिनिधि, एन आर्र एन ए जापानको अध्यक्ष, तामाङ समाज जापानका बर्तमान अध्यक्ष लगाएतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

कलाकार तथा कोरियोग्राफर अरमान गुरुङ्द्वारा कोरियोग्राफी रहेको   सोरठी, घाटु नाच उत्कृस्ट र हेर्न लाएकको थियो । जसले कार्यक्रमको  रौनक छुट्टै बढाएको थियो । त्यसै गरि बाल कलाकारको नृत्यले दर्शहरुलाई थप मनोरंजन गरेको थियो ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ, पोखरेली पप गायक संजीव तमु, लोक दोहोरि गाएक रुपेश गुरुङले आफ्नो धमाकेद्वार प्रस्तुति दिएका थिए ! कार्यकममा ‘निस्ठुरीले छाडेर गैहाली’ का चर्चित गाएक एम बरालले समेत आफ्नो चर्चित गित प्रस्तुत गरि चिसो जाडोमा दर्शहरुलाई नचाएर न्यानो प्रदान गरेका थिए । कार्यक्रममा पपुलार रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ मा नाक आउट रङ सम्म पुग्न सफल कुमार गुरुंङले प्रस्तुति दिने तय भएता पनि समयको अभाबले सफल हुन् सकेन ।

समाजले कार्यक्रमा आमंत्रिक लोक गायिका शर्मिला गुरुङ, रुपेश गुरुङ, कुमार गुरुङ संजीव गुरुङ लाइ सम्मान गरेको थियो भने जापानका लागि नेपालि राजदुताबासका प्रतिनिधि, ओम गुरुङ लगाएतलाई खादा ओडाएर सम्मान समेत गरेको थियो ।

भिडियो :

तमु धि जापानको आयोजनामा २५ औ तमु ल्होसार सम्पन्न । यस्तो थियो उत्कृष्ट नाच

Posted by Republic Dainik – रिपब्लिक दैनिक on Saturday, January 4, 2020

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।