काठमांन्डौ: ‘राष्ट्रिय पर्ब तमु ल्होछार च्यु ल्हो मुसा वर्ग को आब्हान, अस्तित्व र मौलिक पहिचानको लागि तमुवानको अभियान’ भन्ने मुल नाराको साथ काठमान्डौको टुडिखेलमा ल्होसार मनाउन सुरु गरिएको छ ।
पुस १३ देखि पुष १५ सम्म बिभिन्न कार्यक्रमको आयोजना गरि काठमान्डौको टुडिखेलमा भब्य रुपमा सम्पन्न हुने ल्होछार कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति बिद्या देबी भण्डारीले गर्ने तय भएको छ ।
फो ल्हो अर्थात मृग बर्गको बिदाइ, च्यु ल्हो अर्थात मुसा गर्गको स्वागत गरि मानिने ल्होसारको अबसरमा लोक दोहोरि प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ ।
पुष १३, १४ र १५ गते खुल्ला लोक दोहोरि, १४ गते खेलकुद प्रतियोगिता, र १५ गते नृत्य प्रतियोगिता गरिने छ । त्यसै गरि फो-ल्हो अर्थात मृग बर्गको बिदाई र च्यु ल्हो मुसा बर्गको स्वागत संगै १४ गते मध्यरात १२ बजे तमु पुरोहितहरुबाट ग्रह सान्ति र पुजा पाठ गरिने छ भने १५ गते बिहान झुल्के घामसंगै नया वर्ष अर्थात मुसा बर्गको स्वागत गरि पुरोहित तथा मान्यजनहरुबाट आसिर्बाद लिइने छ।
त्यसैगरी पुष १५ गते विविध साँस्कृतिक झाकि सहितको र्याली गरि काठमान्डौको टुडिखेलमा पुगी ल्होसार मनाइने ल्होसार मुल आयोजक समितिले जनाएको छ | कार्यक्रम स्थल काठमाडौंको टुँडिखेललाई चिटिक्कै पारि सिँगारिँएको छ । तमु ल्होसारका अवसरमा गुरुङ समूदायको पहिचान झल्कने बिशेष प्रस्तुती हुने तमु ल्होसार मुल आयोजक समितिले जनाएको छ ।
लगभग ५० हजारको सहभागिता हुने ल्होसार कार्यक्रमलाई सफल बनाउन १५ ओटा उपसमितिले तयारि गरिरहेको कार्यक्रम मूल आयोजक समितिले जनाएको छ |
तमुहरुले हरेक वर्ष पुष पन्द्रमा मनाउने ल्होसार टुडिखेल जस्ता सार्वाजनिक स्थल लगाएत आ आफ्नो घर घरमा साथै देश बिदेशमा पनि मनाइने गरिन्छ