२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : गायक रामकृष्ण ढकाल र  पत्नी नीलम शाहसँगको सम्बन्ध बिच्छेदले बजार तताई रहेको बेला गायक ढकालले आफ्नो दम्पात्य जिबनमा  कुनै चिसो नआएको बताएका छन्। बुधबार मात्र काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने  उल्लेख गरेका ढकालले बिहीबार सम्बन्धमा कुनै चिसो नआएको बताएका हुन्।

‘हामी सँधै झैँ हाँसी खुसी परिवारमासंगै छौँ’, ढकालले भने, ‘हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

काठमाडौं जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार दिउँसो ढकाल र शाहबीचको सम्बन्धविच्छेद गर्न सहमति दिएको थियो। जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीले ढकाल दम्पतीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरूप न्यायाधीश कोइरालाको इजलासले सम्बन्धविच्छेद गराइदिएको जानकारी दिएका थिए। ढकालले भने यसको खण्डन गर्दै आएका छन्।

ढकालले मिडियामा आफू र पत्नीको विषयमा बनेका समाचार परिवारको आत्मसम्मान विपरित भएको उल्लेख गरेका छन्। उनले समाचारलाई विश्वास गरेर आफ्नो परिवारप्रति नकारात्मक निप्पणी नगरिदिन सबैलाई अनुरोधसमेत गरेका छन्।

सँगै उनले पत्नी नीलमलाई जोडेर एक महिलाप्रतिको न्युनतम सम्मान नराखी निम्न स्तरमा उत्रिएर अनुमानका भरमा भ्रामक अड्कलबाजी र चरित्र हत्या हुनेगरी प्रतिक्रिया दिनेप्रति खेद प्रकट गरेका छन्।

दकालले आफ्नो  परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन पनि  सबैमा अनुरोध गरेको छ |  ढकालले भनेका छन्, ‘विशेष गरेरमेरी श्रीमती नीलमलाई जोडेर एक महिलाप्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेप्रति खेद प्रकट गर्द्छु।’

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस!

हेरौ गायक  ढकालको फेसबुक स्टाटस

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।