२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं:  नयाँ मन्त्रालय सम्हालेको महिना दिन नबित्दै कानुन मन्त्रि उपेन्द्र यादपले पदबाट राजिनामा दिनुको साथै सरकारबाट बाहिरिएको घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकमा संबिधान संसोधन  पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको  बताएको छ  ।उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवको साथै  सहरी विकासमन्त्री मो. इस्तियाक राइले पनि  पदबाट राजीनामा दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुई बुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

यस्तो छ राजिनामा पत्र 

फेसबुक प्रतिक्रियाहरु