काठमाडौँ — राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पार्टीले पाउन सक्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा महतोले प्रमुख सत्तारुढ दल नेकपाले सभामुख दाबी गरेपछि उपसभामुख प्रतिपक्षले पाउने महताेले बताए ।
उनले भने, ‘उपसभामुख प्रतिपक्षलाई जाने हुँदा हामीलाई पनि आउन सक्छ, समझदारी कुन दलसँग हुन्छ, त्यसमा भर पर्छ।’
महतोले नेकपासँग २ बुँदे सहमतिगर्दैमा राजपा संघीय सरकारमा सहभागीहुने र प्रदेश नं २ को सरकारमा असर पर्ने हल्लामा कुनै सत्यता नभएको बताए। नेकपा र राजपाबीचको सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभा निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित हुने बताए।
२ बुँदे सहमतिले नेकपासँग राजपाको संवादहीनता अन्त्य गरेको बताए। ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपासँग संवादहीनताको अवस्था थियो, यो सहमतिले अन्त्य गरेको छ।’