२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं:

गुरुङ समुदायले गुरुङ समुदायको पुस १५ गते पर्ने मुख्य पर्व तमु ल्होसार पर्ने भएकोले राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेका छन् । वर्तमान सरकारले तमु ल्होसारको बिदा कटौति गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने उनीहरुको तयारी छ ।

२०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक बिदा दिएकामा वर्तमान सरकारले कटौती गरी सम्बन्धित जातिलाई मात्रै बिदा दिने निर्णय गरेको थियो । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी ल्होसारसहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला गुरुङले आदिवासी जनजातिका पर्व र कला संस्कृतिहरु सम्बन्धित जातिको मात्र नभई सिंगो मुलुुकको साझा सम्पत्ति भएकाले उनीहरुका पर्वमा सार्वजनिक बिदा दिइनुपर्ने माग गरिन् । २०६२ र २०६३ को जनआन्दोलनको सफलतापछि गठित अन्तरिम सरकारले आदिवासी जनजातिहरुको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ४५.३ प्रतिशत जनताले आदिमकाल देखि मनाउँदै आएका पाँचवटा पर्वमा सार्वजनिक बिदा दिएको थियो,’ गुरुङले भनिन्, ‘तर वर्तमान सरकारबाट विदा कटौती गरिंदा सिंगो आदिवासी जनजाति समुदायलाई अत्यन्त दुखित र आक्रोशित बनाएको छ ।’

वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले मुलुकमा परिवर्तनको अनुभूति हुन नसकेको र आदिवासी जनजाति समुदायको सामाजिक, साँस्कृतिक तथा धार्मिक चाडपर्वले सम्मान प्राप्त गर्न नसकेको गुरुङले बताइन् । सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभुति गराउन साथै बिभेद र असमानताको अन्तको लागि तमू ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायको मूख्य चाडपर्वहरुमा सार्वजनिक विदा नदिएमा सशक्त आन्दोलनमा उत्रिने गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ का सचिव एलबी गुरुङले बताए ।

ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै आइतबार बुटवलको सामाजिक विकास मन्त्रालय अगाडि दुई घण्टा प्रदर्शन र ७ गते प्रदेश समितले मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङले जानकारी दिए । ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै परिषदले रुपन्देहीका स्थानीय तहहरुलाई पनि ज्ञापनपत्र बुझाएको सचिव ओमप्रकाश गुरुङले बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।