काठमाडौ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो ।’ तर अचानक राष्ट्रिय जनता पार्टी नेपाल र नेकपाको २ बुदे सहमति भएपछि समाजवादी पार्टीलाई अहिले ठूलो चिन्ताको विषय बनेको छ ।’
नेकपा र राजपाको सहकार्य यतिमा मात्र रोकिने छैन । प्रदेश २ को सरकार पनि मिलेर बनाउने आन्तरिक सहमति गरेको छ । राजपा नेपालका एकजना महासचिवले भने, ‘फागुनसम्ममा नेकपा र राजपा नेपालको संयुक्त सरकार बन्छ ।’
चरम भ्रस्टचार, बेतिथी र जनगुनासोलाइ सम्बोधन गर्न फोरम सरकारलाइ प्रदेस दुईबाट बिस्थापित गर्नै पर्ने प्रचन्डको केही समय अघिको अभिव्यक्तिलाई यो सहमतिले थप प्रस्ट पारि दिएको छ ।”