२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

प्रमेश तमु

टोकियो: तमु  धिं जापानले २५ औं तमु ल्होसार (च्यु ल्हो) यहि आउदो जनवरी चार तारिक सनिबारका दिन  विविध साँस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउने भएको छ ।

टोकियोको युनेओ पार्कमा सम्पन्न हुने उक्त ल्होसार (च्यु ल्हो) लाइ भब्य बनाउन नेपालबाट  लोक गायिका शर्मिला गुरुङ, लोक तथा दोहोरि गायक राकेश गुरुङ र चर्चित पप गायक सन्जिब गुरुङ हङकङबाट टोकियो आउनु हुने  भएको छ  साथै टोकियोलाई आफ्नो कर्म थलो बनाउदै आउनु भएको गाएक रुपेश गुरुङ, द हिमालयन टेलिभिजनबाट संचालित चर्चित रियालिटी शो “द भ्वाइस अफ नेपाल” को नक आउट चरण सम्म पुगी  आफ्नो धमाकेदार प्रस्तुति दिन सफल नब उदयमान गाएक कुमार गुरुङ (काले भाइ ) को बिशेष प्रस्तुति रहने छ ।

कार्यक्रमलाई थप धमाकेदार र मनोरंजनात्मक बनाउन  तमु साँस्कृतिमा आधारित घाटु, सोरठी जस्ता नाच लगाएत विविध खेलहरु समेत  प्रस्तुत हुनेछ ।जसको लागि तमु धिं जापानले आफनो ब्यापक आन्ताकिक तयारि गरेको छ ।

हरेक बर्ष  आफ्नो सास्कृतिक पर्ब ल्होसार र रोधी लगाएत  विविध सामाजिक क्रियाकलाब गर्दै आइरहेको तमु धिं जापानको यसपालिको (च्यु ल्हो ) ल्होसार बिषेश हुने आयोजले बताएको छ। हल भित्र  कार्यक्रम गर्दा  सिमित समयमा समेटिनु पर्ने बाध्यतालाइ पन्छाउदै टोकियोको ब्यस्त र थकित मनहरुलाई भरपुर आत्मा संतुस्टि र भब्य बनाउन यसपाली खुल्ला पार्कमा ल्होसार मनाउने भएकोले पनि यसपालिको ल्होसार बिशेष हुने भएको छ।

जसको लागि सस्थाले जापानमा अबस्थित सबै सामाजिक संघ सस्था, बैचारिक संगठन, जातीय सस्थाहरु, पत्रकार, बुद्धिजीबी, ब्यबसाही कलाकार सबैलाई निमत्रना समेत गरेको छ।

तमु धिं जापान गत बर्षको रोधी 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।