२०८१ मंसिर १८, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

पोखरा :   मंसिर १४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि कास्की २ बाट  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले  उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक छन् ।

आज पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थक सहित पुगेर मनोनयन दर्ता गराएकी छन् ।कार्यकर्ताहरु  जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित उम्मेदवारी दर्ता गराएका थिए ।

नेकपाकी उम्मेदवार विद्या भट्टराईभन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए ।

भीडभाड व्यवस्थापनसहित सहजताका लागि निर्वाचन अधिकृतको कार्यालयले पार्टीहरुलाई उम्मेदवारको मनोनयनका लागि विभिन्न समय उपलब्ध गराएको छ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वमा पार्टीकी नेतृ रजनी केसीले पनि  उम्मेदवारी दर्ता गारायकि छिन |

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।