काठमाडौं । राजनीति वृतमा नेपाली कांग्रेसको नेता धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा कास्की २ बाट उठ्ने हल्लाको नेपालि कांग्रेशले खण्डन गरेको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङलाई उम्मेदवार नबाउने आधिकारिक जानकारी दिएका छन।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन गरेका छन् । उनले ट्वीटरमार्फत पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको जनाएका छन् ।