२०८१ मंसिर १, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् ।

बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो । अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’

अध्यक्ष प्रचण्डले सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुखले काम गर्ने भएकाले सरकार परिवर्तन भएपछि सामान्य प्रचलन प्रदेश प्रमुखहरु फेरिने रहेको जिकिर गरे । ‘अझ कयौँ देशहरुमा त्यस्ता प्रमुखले मोरल्ली रिजाइन गरिदिने र सरकारलाई काम गर्न सहज पार्ने प्रचलन छ,’  उनको भनाइ थियो ।

उनले सत्ता साझेदार दल उपेन्द्र यादवसँग छलफल गरेर नै यो निर्णय लिइएको पनि बताए । ‘सरकार र पार्टीले उपेन्द्रजीले छलफल नगरेको भन्ने होइन । सरकारले निर्णय गर्नुभन्दा अघि मैले पनि गरेको हो,’ प्रचण्डले भने ।

‘वहाँ पनि क्याबिनेटमा हुनुहुन्छ, उहाँले क्याबिनेटमा आफ्नो कुरा राख्नुभयो होला,’ उनले भने, ‘उपेन्द्रजी सरकारमा सहभागी हुनभन्दा धेरै अगाडि नै नेपाली काँग्रेसको नेतृत्वको सरकारले वहाँसँग सम्बन्धित भनिएको साथीलाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको हो । यो सरकारले होइन । उपेन्द्रजीसँग हाम्रो पार्टीले सहमति गरेर प्रदेश प्रमुख बनाएको होइन । त्यही भएर अघिल्लो सरकारले नियुक्त गरेकालाई बदल्ने भनेपछि स्वतः त्यो नीति अन्तरगत वहाँको पनि परेको हो ।’

त्यस्तै, माधव नेपालको नोट अफ डिसेन्ट पनि सामान्य प्रक्रिया भएको बताए । ‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । र, त्यसमा जोड दिनुभएको थियो । त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो । वहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ,’ रतोपाटीमा खबर छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना