२०८१ मंसिर १, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

पोखरा : आउँदो मंसिर १४ गते कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त ठाउँमा उनकै जीवनसाथी विद्यालाई उम्मेदवार बनाउन जिल्ला कमिटीले पार्टी केन्द्रलाई सिफारिस गरेको हो।

नेकपा कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईको मात्रै नाम सिफारिस गरेको हो। पार्टी जिल्ला कमिटीले विद्याको नाम सर्वसम्मत अनुमोदन गरेको अन्नपुर्ण पोस्टमा ख़बर छ।

‘थुप्रैको नाममाथि छलफल भयो, तर सबै हिसाबले विद्या कमरेडलाई उम्मेदवार बनाऊँ भनेर सर्वसम्मत निर्णय गर्‍यौं’, उनले भने।

मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। नेकपाबाट पहिला वामदेव गौतमको नाम चर्चामा रहे पनि उनले आफू उम्मेदवार नहुने घोषणा गरेका थिए।

त्यसपछि अरु थुप्रै आकांक्षी देखिएका थिए। तर क्षेत्रीय निर्वाचन कमिटी बननसकेको हुँदा जिल्लाले नै रवीन्द्रकी श्रीमती विद्यालाई नै उम्मेदवार बनाउने निधो गरी केन्द्रलाई सिफारिस गरेको हो।

यसअघि बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको थियो। नेपाली कांग्रेस कास्कीले भने १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। त्यसमा पहिला रवीन्द्रसँग प्रतिस्पर्धा गरेका देवराज चालिसेको नाम पनि छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना