२०८२ बैशाख ४, बिहिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

रौतहट:  बम विस्फोटबाट  घाइते भएकाहरुलाई  जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमको समर्थनमा नेपाली कांग्रेश सम्बद्ध  उनका समर्थकले  जुलुश निकालेका छन्।

जिल्ला अदालत रौतहटले आलमलाई थप ८ दिन थुनामै राख्न  तेस्रो पटक म्याद थप गरेपछि उनका समर्थकले मुखमा कालो पट्टी बाँधेर जुलुश निकालेका हुन्।

जुलुशमा सहभागी समर्थकले अनावश्यक धरपकड बन्द गर, विधिको शासन कायम गर, निष्पक्ष र धाधलीरहित छानविन गर, निर्दोष आलमलाई रिहा गर लगायतका प्ले कार्ड बोकेका थिए।

फेसबुक प्रतिक्रियाहरु