काठमाडौं: ह्यापी तिहार चिसो बियर भन्ने गलत शब्द प्रयोग गरिएको आरोपमा पक्राउ परेर छुटेलगत्तै गायक दुर्गेश थापाले गाजाँ र बियर भन्ने शब्द म्युट गरेर फेरि गीत ल्याएछन् । तर बियरको बोतल र ग्लासमा बियर तानेक भिडियो चाही जस्ताको तस्तै राखेको छ ।
तिहारको छेको पारेर सार्वजनिक उक्त गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएकागायक थापालाई मंगलबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
छुटेलगत्तै उनले विवादित शब्द हटाएर फेरि गीत रिलिज गरेका छन् ।उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको थियो ।
दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीले जनाएको छ । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।