२०८२ फाल्गुन २९, शुक्रबार
  • Namaste Khabar ७ वर्ष अगाडि

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जस्ता प्राकृतिक विपक्तिको कारण देखाँउदै बैठक स्थगित भएको हो । सोमबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिने बारे संसद सचिवालयले कार्यसूची बनाएको थियो ।

यसैगरी बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्ने, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्ने कार्यसूची तय गरिएको थियो ।

यता कांग्रेस र राजपाले भने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने प्रस्ताव सोमबार संसद सचिवालयमा दर्ता गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक ८ साउनमा बस्नेछ ।

फेसबुक प्रतिक्रियाहरु