२०८२ फाल्गुन २९, शुक्रबार
  • Namaste Khabar ७ वर्ष अगाडि

काठमाडौं । संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट पूर्वमन्त्री धमलासहित ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आएकी पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायतका नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् । धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन् ।
त्यस्तै मनु हुमागाइँ, भूमि देवकोटा, गोकुल केसी, अशोक पाण्डे, नवीन तामाङ, हरिमाया खत्री, प्रकाश सापकोटा, कुमार तिवारी, नकुल थापा, अशोक बस्नेत, प्रकाश लम्साल, बिनोद कार्की, रमेश देवकोटा, होमप्रसाद न्यौपाने, अञ्जना श्रेष्ठ, मनिषा कँडेल, नवराज पाण्डे, हरिभक्त आचार्यलगायत पनि नेकपामा प्रवेश गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु