२०८१ मंसिर ८, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम कारवाहीलाई जनताका माझमा लैजान सांसदहरुलाई निर्देशन दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई सोमबार सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सम्बोधन गर्दै उनले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारी रुपमा प्रचार गर्न निर्देशन दिएका हुन । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले सरकारका काम कारवाही, आगामी आर्थिक वर्षको बजेट, सरकारले सदनमा प्रस्तुत गरेको विभिन्न विधेयकका सम्बन्धमा सांसदहरुलाई जानकारी गराएका थिए ।
सरकार आफ्नो गतिमा स्पष्ट रहेको र थोरै समयमा गर्नुपर्ने जति काम अगाडि बढाइएको जानकारी दिँदै विरोधका लागि विरोध गर्ने प्रवृत्तिले गलत मात्रै देख्ने भएकाले त्यसप्रति सचेत हुन उनले आग्रह गरे । विकास निर्माणको कामसमेत प्रभावकारी रुपमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले भौतिक पूर्वाधार, सडक निर्माणमा उल्लेख्य प्रगति भएको भन्दै आगामी वर्ष झन् नयाँ नयाँ उपलब्धि देखिने बताए ।

उनले सरकारले आवश्यकताका आधारमा केही विधेयक प्रस्तुत गरेकाले विषयवस्तुमा रहेर छलफल गर्न र सच्याउने ठाउँ भएको अवस्थामा त्यसलाई सच्याइने भएकाले सोही अनुसार प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराए ।

असारभित्रै पार्टी एकताको काम सकिन्छ ः अध्यक्ष दाहाल

बैठकका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिने विश्वास दिलाए । उनले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पारे ।

बैठकमा सांसदहरुको गुनासो

संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको, अन्तरक्रिया गर्ने वातावरण नभएको, समानुपातिक रुपमा आगामी आर्थिक वर्षको बजेट विनियोजन नभएको जस्ता विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

पार्टी एकताको बाँकी काम पूरा नहुँदा देशव्यापी रुपमा नेता तथा कार्यकर्ता बेरोजगार भएका, स्थानीय तहमा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ पहल नभएको भन्दै सांसदहरुले गुनासो गरेका थिए । सरकार ठीक बाटोमा हिँडेको छ भन्ने जनतालाई जानकारी दिनसमेत पार्टी्भित्र सघन छलफल हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै सांसदहरुले त्यसलाई सच्याएर जानुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।