२०८३ साउन २१, बिहिबार
  • newsportal ५ वर्ष अगाडि


पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने गरी एमालेमा भएको दसबुँदे सहमति कार्यान्वयनमा आशंका उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओली र निकट नेताहरूले दसबुँदे कार्यान्वयनमा इमान्दारिता नदेखाएको गुनासो अर्को पक्षका नेताहरूले गरेका छन् ।

संस्थापन पक्षले दसबुँदे कार्यान्वयनमा आलटाल गरेको भन्दै घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत १० जनाले शुक्रबार ‘भर्चुअल’ छलफलसमेत गरे । बैठकमा सहभागी एक नेताका अनुसार पछिल्ला केही घटनाक्रम र कार्यक्रमले दसबुँदे कार्यान्वयनलाई शंकाको घेरामा पारेको बैठकले निष्कर्ष निकालेको छ । विभाजनपछि भदौ १० को केन्द्रीय कमिटी बैठकले पार्टीका सबै तहलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन कार्यदल बनाएको थियो ।

प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को कार्यक्रमलाई लिएर एमालेमा विवाद निस्किएको छ । २०७५ जेठ २ अगाडि पीपीएलमा इन्चार्ज रघुजी पन्त र अध्यक्ष रुद्र नेपाल थिए तर उनीहरूलाई जानकारी नगराई संस्थापन पक्षले कार्यक्रम गर्‍यो । कार्यक्रम विवादित भएपछि अध्यक्ष ओली गएनन् तर स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य अग्नि खरेलले सम्बोधन गरे । जानकारी नै नदिई कार्यक्रम गरिएकामा ओलीसँग दसबुँदे कार्यान्वयनबारे सहमति गरेका नेताहरू झस्किएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ