hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitessahabetjojobet girişbetwoonhepbethepbet girisvippark girişzlibteosbetcasibomjojobetip stresserjojobetmeritking
२०८३ जेष्ठ २२, शुक्रबार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौँ:  नेकपा एमालेकी नेत्री भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्‍मेवारी नदिएकोमा असन्तुष्ट जनाएकी छिन।

शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले अध्यक्ष ओली बा बाट आफूले ठूलो धोका पाएको बताएकी छन् ।   उनले आफ्नो  क्षमता र योग्यताको कदर ओली बाले नगरेको जनाएको छ ।

एमालेको राजनीतिमा लामो समय सक्रिय रुपमा काम गरेको भएपनि पार्टीले आफूमाथि अन्याय भएको बताइन् । उनले भनिन्, ‘ मैले लामो समयसम्‍म एमालेको राजनीतिमा सक्रिय रुपमा काम गरेकी छु। त्यही पनि ममाथि यत्रो अन्‍याय भो। म कसरी सहूँ ? कति पटक सहूँ ?’

अध्यक्ष ओलीले गुण्डा राज गर्नेहरुलाई मात्रै स्थान दिने तर इमान भएकोलाई बहिस्कार गर्ने गरिएको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘ मेरो योग्यता, क्षमतालाई बहिस्कार गर्‍यो ओली बाको गुटले । विष्णु पौडेलले भन्‍ने एउटा, गर्ने अर्कै रहेछ। उनको गुट दलालीको रहेछ भन्न‍े बल्ल थाहा पाएँ ।’

उनले अब एमाले पार्टीभित्रै संघर्ष गर्ने बताइन् ।

फेसबुक प्रतिक्रियाहरु