२०८३ असार १६, मङ्लबार
  • Pramesh Tamu ८ घण्टा अगाडि

टोकियो: महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा जापानमा बसोबास गर्ने नेपाली महिलाहरूका लागि खुसीको खबर आएको छ। नेपालीहरूको बाक्लो जमघट हुने टोकियोको शिन-ओकुबो क्षेत्रमा प्रिमियम सिंगापुरे सारी तथा महिला फेसनका सामग्रीहरू उपलब्ध गराउने “हाना बुटिक” सञ्चालनमा आएको छ।

विदेशमा रहेर पनि नेपालीपन, संस्कृति र फेसनलाई आत्मसात गर्न चाहने नेपाली समुदायका लागि हाना बुटिक उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ। यहाँ विशेष रूपमा प्रिमियम सिंगापुरे शिफन सारी, सिंगापुरे ड्रेस, बेलायतबाट आयात गरिएका गुणस्तरीय स्वेटरहरू, जापानिज तथा हल्यान्डका लुँगीहरू उपलब्ध छन्।

त्यसैगरी महिलाहरूका लागि ब्लाउज, कुर्ता–सलवार, लेहेंगा लगायत आकर्षक पहिरनहरू तथा पुरुषहरूका लागि टी-शर्ट र विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उच्च गुणस्तरीय कपडा तथा फेसन एक्सेसरिजहरू समेत उपलब्ध रहेका छन्।

हाना बुटिकको अर्को विशेषता भनेको नेपाली जातीय तथा सांस्कृतिक पहिचान झल्काउने पोशाकहरूको उपलब्धता हो। यहाँ गुरुङ, मगर, राई, लिम्बू लगायत विभिन्न समुदायका सांस्कृतिक पोशाकहरू तथा तेह्रथुमे ढाका सामग्रीहरू पनि पाइनेछन्।

ग्राहकहरूको आवश्यकता अनुसार डिजाइन अनुसारको सिलाइ, फिटिङ, साइज घटाउने–बढाउने तथा बुटिकसम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध रहेको सञ्चालकले जानकारी दिएका छन्।

ओकुबो स्टेशनबाट करिब दुई मिनेटको पैदल दूरीमा तथा NRNA जापानको कार्यालय रहेको भवनको चौथो तलामा अवस्थित हाना बुटिक नेपाली समुदायका लागि सहज पहुँचको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु