२०८३ साउन ३०, शनिबार
  • Pramesh Tamu ३ हप्ता अगाडि

काठमाडौं । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा ले पछिल्लो समय नेपालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको बताएकी छन्।

नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरूको समन्वयमा एफएनजे ग्लोबल मिडिया सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले दक्षिण एसियामै अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले नेपाल सुरक्षित मुलुकका रूपमा चिनिए पनि अहिले अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गरिन्।

उनले वर्तमान सरकारले स्वतन्त्र अभिव्यक्तिको पक्षमा नभई स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाउने दिशामा अघि बढिरहेको आरोप लगाइन्। प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको रक्षा गर्न नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली सञ्चारकर्मी र डायस्पोराको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

अध्यक्ष शर्माले विदेशमा जन्मिएको नयाँ पुस्तालाई नेपालसँग जोड्न सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै लोकतन्त्र, संविधान, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि विश्वभरका नेपाली सञ्चारकर्मी एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी