hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitessahabetjojobet girişdedebethepbethepbet girisvippark girişzlibteosbetcasibomjojobetip stresserjojobetmeritking
२०८३ जेष्ठ २३, शनिबार
  • Shyam chhetri ८ महिना अगाडि

तेस्रो पटक ट्वेन्टी-२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज (२२ असोज) कुवेतसँग आमनेसामने हुँदैछ ।

ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो ।

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ छ । यो समूहमा कुवेत र जापान छन् । प्रतियोगितामा नौ टोली सहभागी हुँदैछन् ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्याण्ड छन् । समूहको शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छ्न् ।

फेसबुक प्रतिक्रियाहरु