२०८३ साउन २१, बिहिबार
  • newsportal ५ वर्ष अगाडि

लुम्बिनी प्रदेशको विवादका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको संघारमा पुगेको छ । प्रदेशका चार सांसदलाई उपेन्द्र यादव पक्षले कारवाही गरेको र महन्थ ठाकुरले सभामुखलाई बेग्लै पत्र लेखेर जोगाउन खोजेपछि जसपामा विभाजनको सम्भावना बढेको हो ।

प्रदेश मन्त्रीको सपथ खाएका चारजना जसपा सांसदलाई जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले  कारवाही गरेको छ । यादव पक्षले कारवाहीको पत्र पठाएपछि त्यहाँको प्रदेशसभाले उनीहरुको प्रदेशसभा सदस्य पद नरहेको सूचना टाँस गरिसकेको छ ।

तर, अर्का अध्यक्ष महन्थ ठाकुरले त्यहाँका प्रदेशसभाका सभामुखलाई बेग्लै पत्र पठाएर कारवाही नगर्न भनेका छन् । लुम्बिनी प्रदेशसभामा पूर्वराजपा नेपाल र पूर्वसमाजवादी पार्टी  दुवैको संसदीय दलको समायोजन भई जसपाको ६ सदस्यीय संसदीय दल गठन भएको बताएका छन् । ठाकुरले उनीहरुमाथिको कारवाही वैधानिक नभएको जिकिर गरेका छन् । र, यही विषयलाई लिएर चार सांसदलाई सर्वोच्चमा मुद्दा हाल्न लगाउने ठाकुर पक्षको तयारी छ

अध्यक्ष ठाकुरले केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही नभएको समेत जानकारी प्रदेशका सभामुखलाई गराएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ